रौतहट, १८ कार्तिक ।
रौतहट विस्फोट र घाइतेलाई जिउँदै जलाएर हत्या गरिएको प्रकरणमा पुर्वमन्त्री एवम सांसद मोहमद आफताव आलमसहित १० जनालाई मुख्य अभियुक्त र एक जनालाई मतियार बनाएर जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएसंगै थुनछेक बहसका लागि वकालत नामा दर्ता भएको छ ।
अभियोगमा तीनवटा मुद्दा लागेका कांग्रेस नेता पुर्वमन्त्री मोहम्मद आफताव आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने भएका छन्। सरकारी वकिल कार्यालय रौतहटले सोमबार मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेपछि थापासहितका वकिलले वकालतनामा दर्ता गराएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here