कैलाली १७ , कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको पहलवानपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकमा सवार अर्का व्यक्ति घाइते भएका छन् । घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भे. १ ख. १७३२ नम्बरको बसले से. ३ प. ६३७६ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा सोही ठाउँका रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले चौधरीको मृत्यु भएको पुष्टि गर्दै घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको बताए । घटनापछि स्थानियले पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् । वनभोजका लागि नेपालगञ्जबाट आएको उक्त बसले फर्कने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।