काठमाण्डौं, १७ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले फेरि बोलाइएको बैठकका एजेण्डाबारे भने उनका मन्त्रीहरु समेत बेखबर छन् ।
आइतबार विहान मात्रै बसेको मन्त्रिपरिषद्का बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो।
प्रधानमन्त्रीको आकस्मिक बैठकलाई सबैले केही नयाँ कुरा आउन सक्ने भने चर्चाको विषयका रुपमा लिएका छन् ।
प्रधानमन्त्री ओली लगातार चार दिन देखि विरामी भई अस्पताल जाने आउने गरेको छन् ।
Home मुख्य समाचार प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, बैठकका एजेन्डाबारे मन्त्रीहरु बेखबर ।