काठमाण्डौ, १७ कार्तिक ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै वटा प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्धन्द सिर्जना गर्न खोजेको आरोप लगाएको छ । सरकारले आइतबार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि रेडखबरसँग प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गर्नुपर्ने काम नगर्ने, पूर्वाग्रही रुपमा अनावश्यक काममा हात हालेर द्धन्द बढाउन खोजेको बताए । ‘केपी ओली नेतृत्वको सरकारलाई जनताको काम गर्न प्रतिपक्षी दलले सहयोग गरिरहेको अवस्थामा पूर्वाग्रही रुपमा प्रदेश प्रमुखलाई बर्खास्त गरेको छ,’ प्रवक्ता शर्माले भने ।  २०७४ माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरुको नियुक्त गरेको थियो । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुख बर्खास्त गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here