१७ कात्तिक,
पर्सामा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पकहामैनपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय मनोज साह रहेका छन् । पोखरी नजिक रहेको छठी घाटमा म्युजिक सिस्टम खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका साहको उपचारको लागि वीरगञ्ज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।