रौतहट,१५ कार्तिक ।
लोक आस्थाको महानपर्व छठ नजिकिदै जाँदा रौतहटका बजारहरुमा पर्वमा प्रयोगहुने सामग्रीहरुको भाउ आकासिएको छ ।
पर्वमा प्रयोग हुने सामग्रीहरुको भाउ विगतको तुलनामा तिन गुनासम्म वृद्धि भएकोले उपभोक्ताहरु मारमा परेका छन ।
पर्वको अब एक दिन मात्रै बाँकी रहदा पर्वमा प्रयोग हुने बाँसको दौरा, सुपली, छैटी, माटोको घैला, हँडिया, ढकना आदिको भाउ बिगतको तुलनामा तिनसय प्रतिसतले बृद्धी भएको हो । सामान्य दिनहरुमा मात्र दुइसयमा बिक्रीहुने बाँसको दौरा तथा छैँटी हिजो आज पाँच देखी छौसय सम्ममा किन्नु परेको गौरका प्रविण टिबटेवाल बताउछन्।
जिल्लाको सदरमुकाम गौर, कटहरिया गरुडा, शिवनगर, चन्द्रपुर, बंकुल, विजयपुर, समनपुर, गंगापिपरा लगायतका बजारमा छठपर्वमा प्रयोग हुने सबै सामानको भाउ तिनगुनाले बृद्धी भएको उपभोक्ताहरुले बताएका छन । पर्वको लागि सामग्रि किन्नैपर्ने भएकोले जती महंगोमा दिए पनि सामान किन्नैपर्ने बाध्याता रहेको छ ।

त्यसैगरी हाल रौतहटका बजारहरुमा हरियो तरकारी तथा साग सब्जीहरुको भाउ पनी आकासिएको छ । पहिला प्रतिकोलो ३० देखी ४० रुपैयामा बिक्रि हुने पर्वल अहिले ९० देखी ११० रुपैयासम्मा विक्रि भइरहेको छ । त्यस्तै पहिला ४०।४५ रुपैया प्रतिकिलो विक्रि हुदै आएको काउली अहिले १२० रुपैयामा विक्रि भइरहेको, पहिलाको समयमा कम मुल्यमा पाउने आदी, बोडी, गागर लगायतका समानहरु अहिले ६०० प्रति केजीमा किन्नु परेको बजारमा खरिद गर्न आएका टिबडेबालको भनाई रहेको छ।
छठपर्व नजिकिदै जाँदा जिल्लाका सबै बजारहरुमा किनमेल गर्नेको घुँईचो लागेको छ ।