उदयपुर ११ कात्तिक । गाईघाटमा भीषण आगलागी भएको छ । त्रियुगा नगारपालिका–१०, बिपीचोक नजिक सिताराम कार्कीको घरमा आइतबार मध्यराति कपडा पसलमा आगलागी भएको हो आगलागीबाट ७० लाखभन्दा बढीको क्षति पुगेको जनाइएको छ । आगलागी भएको घरमा कृषि विकास बैंकको कार्यालयसमेत रहेको छ । दिपावलीको दिन लक्ष्मीपूजा सकेर देउसी खेल्न व्यस्त भएको समयमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । आगलागीबाट पसलमा रहेका फेन्सि कपडा, र्याक तथा थानको कपडा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबदादुर बुढामगरका अनुसार राति ११ बजे भएको आगलागी नेपाल प्रहरी, नगरपालिकाको दमकल तथा स्थानीयको प्रयासले आगो निभाइएको हो ।