रौतहट, ३ कार्तिक ।
दोस्रो पटक म्याद थप्पका लागि रौतहट जिल्ला अदालतमा ल्याईएका मोहमद आफताब आलम म्याद थप पछि अदालतबाट बाहिरिँदै गर्दा आफना गाउमा त्यस बखत कुनै घटनै नभएको प्रतिक्रिया दिएका छन्।
बमबाट घाईत भएकाहरुलाई इटा भट्टीमा मारेको आरोप लागेका कांग्रेस नेता अफताव आलमलाई दोस्रो पटक पाँच दिनको म्याद थपिएको छ । रौतहट जिल्ला अदालत गौरले उनलाई पाँच दिनको म्याद थप गरेको हो।
आलमले आफू अस्वस्थ भएको र घर परिवारका साथै कानुनी सल्लाहकारसँग राय सुझाव नलिएको कारण बयान दिएका छैनन्।
शुक्रबार बयानको लागि सरकारी वकिलको मा पेश गर्दा आदलमले ब्लड प्रेसर कम भएको भन्दै बयान दिन मानेका थिएनन्।
आलमले संचारकर्मीहरु अगाडि बोल्दै भने “घटना नघटेका कारणले महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो त्यही नै सत्य हो”।
बयान प्रक्रिया पूरा नभएकोले प्रहरीले पुनः बयान गराउनको लागि म्याद लिन आज आलमलाइ अदालतमा पेश गरेको हो।
आफना नेतालाई अदालतमा बयानका लागि उपस्थित गराउने सुचना पाएका उनका हजरौं समर्थकहरु उनलाई हेर्न अदालत बाहिर बाटो अवरुद्ध गरि बसेका थिए । आलम अदालतबाट म्याद थप्पि फर्के पछि उनलाई हेर्न आएका उनका समर्थकहरुले केही समय बाटो नै अवरुद्ध गरको थिए ।
स्रोतका अनुुसार आलम आज सरकारी वकिल कार्यालयमा बयान दिन जाने बुझिएको हो ।