रौतहट २ कार्तिक ।
ओम प्रकाश यादव
उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यावदले आफनो पार्टी समाजवादी नेपालले सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर दिएको बताएका छन ।
सरकार संविधानमा मधेशीलाई विभेद गरेको भएपनि संविधान संशोधन गर्नकै लागि आफनो पार्टी सरकारमा गएको समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले बताएका हुन । समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले आज गरुडा चिनि मिलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा वृहत पार्टी प्रवेस कार्यक्रममलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफुहरुले सरकारलाई संविधान संशोधन गर्नको लागि अहिले दिएको अवसर सरकारले गुमाए भने आफनो पार्टी सरकार छाडेर पुन आन्दोलनमा जाने चेतावनी दिनुभयो । सरकारलाई आफुहरुले दिएको अवसरलाई सदुपयोग गर्दै संविधान संशोधन गर्ने प्रक्रिया चाडै अगाडि बढाउने कुरामा आफुहरु विस्वस्त रहेको उहाँले बताउनुभयो ।
राज्यले थोरै लगानी गरेका कारण तराई मधेश विकसित र समृद्ध बन्न नसकेको बताउँदै मन्त्री यादवले स्वास्थ्या, शिक्षा र कृषिमा सरकारले लगानी गर्न सके तराई मधेश चाडै विकसित र समृद्ध बन्न सक्ने बताउनुभयो ।
राज्यले थोरै लगानी गरेका कारण तराई मधेश विकसित र समृद्ध बन्न नसकेको बताउँदै मन्त्री यादवले स्वास्थ्या, शिक्षा र कृषिमा सरकारले लगानी गर्न सके तराई मधेश चाडै विकसित र समृद्ध बन्न सक्ने बताउनुभयो । कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद फुलबाबु, समाजवादीका रौतहट जिल्ला इन्चार्ज वृज किशोर यादव, युवा नेता राजकुमार दास तत्मा, प्रदेश सांसद राम किशोर यादव, समाजवादीका केन्द्रिय सदस्य रेवन्त झा, विन्देश्वर यादव, समाजवादी युवा संघका जिल्ला अध्यक्ष कौशरखान मिथिला, गरुडा नगरपालिकाका मेयर ईनुराय यादव, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव लगाएतका व्यक्तिहरुले बोल्दै मधेश र मधेशीको अधिकार एक मात्र पार्टी समाजवादीले नै मात्र दिन सक्ने भन्दै मधेशसँग गदारी गर्ने पार्टीसँग सावधान रहन जोड दिएका थिए ।
कार्यक्रममा युवा नेता राजकुमार दासले स्वास्थ्यकर्मीहरुको हुन गइरहेको समायोजनमा पहिला स्थानीय स्वास्थ्यकर्मीहलाई प्राथमिकता दिन पार्टी अध्यक्ष एवं स्वास्थ्य मन्त्री यादवलाई ध्यानाकर्षण गराएका थिए । समाजवादी पार्टी नेपाल रौतहटका अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न पार्टी पत्यिाग गरी दुई सय भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
समाजवादीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेस गर्नेहरुलाई माला र टिका लगाएर आफना पार्टीमा स्वागत गर्नुभएको छ । कार्यक्रममा हजारौको संख्यामा मानिसहरुको उपस्थिती रहेकोले कार्यक्रम भव्य भएको थियो ।








