रौतहट, २४ असोज ।
रौतहटको क्षेत्र नं. १ को क बाट प्रदेश सदस्य रहेका राजपा नेपालका नेता बाबुलाल साहले मधेशको विकासको बाधक कम्युनिष्ट सरकार रहेको आरोप लगाएका छन ।
प्रदेश सदस्य साहले मधेश र मधेशीलाई कम्युनिष्ट सरकारको हेर्ने दृष्टिकोण सदैव नै फरक रहेको मधेश र मधेशीहरुको अधिकार कम्युनिष्ट सरकारबाट पुरा नहुने स्पष्ट पारे ।
राजपा नेता साहले कम्युनिष्ट सरकारकै कारण मधेशी जनताको परिवर्तन र विकास हाल सम्म हुन सकेको औल्याए ।
हिन्दुहरुको महानपर्व शुभ दिपावली एवं छठको अवसरमा रौतहट क्षेत्र नं ३ स्थित माध्यमिक विद्यालय कटहरियामा राजपा नेपालका कटहरिया नगर कमिटिले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संसदिय निर्वाचनमा पार्टीका नेता गोविन्द चौधरीले धोका दिएका कारण क्षेत्र नं ३ मा राजपा पराजय भएको दावी साहले गर्नुभयो ।
राजपाका रामाकान्त चौरसियाको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा राजपाका जिल्ला संयोजक गिता देवी महतो, राजपाका केन्द्रिय सदस्य खेन्हा राय यादव, नागेन्द्र ठाकुर, कमलेश सिंह, दुर्गा साह लगाएतका व्यक्तिहरुले आ आफनो मन्तव्य दिँदै पार्टीलाई मजबुत बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
पुर्व प्रधानाध्यापक एवं राजपा नेपालका जिल्ला अध्यक्ष मण्डलका सदस्य योगेन्द्र प्रसाद यादव कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उमाकान्त सहनी स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा कटहरिया नगर अन्तर्गतका विभिन्न वडाका राजपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here