रौतहट, २३ असोज ।
समाजवादी पार्टीका चर्चित नेता जिल्ला सदस्य एवम मौलापुर नगरपालिकाका नगरकमिटी अध्यक्ष नागेन्द्र यादव नेकपामा प्रवेश गरेका छन् ।
रौतहटको धरहरीमा आयोजित नेकपाको शुभकामना आदान प्रदान कार्यक्रमका विच नेता यादव नेकपामा प्रवेश गरेको घोषणा गरेको छन् ।
तत्कालिन समयमा नेपाली काँग्रेसबाट मर्यादपुर गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका नेता नागेन्द्र यादव पछिल्लो समय मधेश आन्दोलनमा सक्रिय भए पछि नेपाली काँग्रेस छोडी तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल प्रवेश गरेको थिए । पार्टी गरे लगतै उनी जिल्ला सदस्य समेतको जिम्मेबारी पाएका थिए। फोरम नेपालको विभिन्न पार्टी पछिको एकिकरण पश्चात समाजवादी पार्टी निर्माण भए पछि उनलाई पार्टीले जिल्ला सदस्य तथा मौलापुर नगरपालिकाको पार्टीको नगरकमिटिको अध्यक्षको जिम्मेबारी दिएको थियो ।
पार्टीले देश तथा मधेशको हकहितका लागि काम गर्न नसकेको र नेकपा नै देशलाई निकास दिलाउन सक्ने भएकाले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेको उनले बताए ।
बिहिबार आयोजित कार्यक्रममा नेता यादवलाई नेकपाका प्रदेश नं. २ का अध्यक्ष, रौतहट क्षेत्र नं. ३ का सांसद एवम पूर्वमन्त्री प्रभु साहले टिका तथा मालालगाई नेकपामा पार्टी प्रवेश गरेका छन् ।
कार्यक्रममा प्रदेश सांसद कुन्दन कुशवाहा, विधायक प्रत्यासी मनोज यादव, मौलापुर नगरपालिकाका मेयर रिना साह, उपमेयर गौरी शंकर जयसवाल लगायत हजारौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Home मुख्य समाचार समाजवादी पार्टीका चर्चित नेता तथा नगरकमिटी अध्यक्ष नागेन्द्र यादव नेकपामा प्रवेश ।