रौतहट, २३ असोज ।
नेपाली कांग्रेसका नेता एवम तत्कालिन रौतहट क्षेत्र नं ५ का सभाषद जितेन्द्र यादव (सुनिल) ले कम्युनिष्ट सरकारले झुठा आश्वासन दिएर चुनाव जितेको आरोप लगाएका छन ।
कटहरीया नगरपालिकाबाट आजदेखी वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रमको सुभारम्भ गर्दै सभाषद यादवले दुई तिहाईको सरकारले झुठा आस्वाशन दिएर चुनाव जितेको ३ बर्ष बिति सक्दा पनि गरिब जनताले कुनै सुबिधा नपाएको प्रष्ट पारे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले आजबाट आरम्भ गरेको वडा स्तरीय शुभकामना आदान प्रदान कटहरियाको फतेपुर तथा बगहीबाट सुरु गरिएको हो ।
वित्दै जान लागेको हिन्दुहरुको महान चाड वडा दसै, तथा आउन लागेको दिपाबली तथा छठ पर्वको शुभ उपल्क्षयमा नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर ३ ले वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रम सुरुवात गरेको हो ।
बिहिबारबाट आरम्भ गरिएको वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रम कार्तिक १३ गते सम्म निरन्तररुपमा संचालन हुने सभाषद जितेन्द्र यादवले जानकारी दिएका छन ।
सभाषद यादवले शुभकामनाका क्रममा रौतहटका क्षेत्र नंं.३ का सांसद प्रभु साहले धुवा रहित क्षेत्र बनाउने लिएको अठोठ बिकासको राम्रो पक्ष भएता पनि एक सिलिण्डर ग्यास वितरण गरे मात्र क्षेत्र धुवा रहित नहुने र भोलिका दिनमा ग्यास सकिदा गरिव जनताले चौध सय रुपैया तिर्न नसक्ने विचार राखे ।

Image may contain: 5 people, people sitting and outdoor


कम्युनिष्ठ सरकारमा बढ्दै गएको भ्रष्टाचार, हत्या, हिंसा र तानासाहीपनले देशलाई संकटमा थकेलिरहेको सभाषद यादवले आरोप लगाए । सभाषद यादवले आफुले संविधान निर्माण कार्यमा सहयोग गर्नुका साथै क्षेत्रको सडक, नाला, खानेपानी तथा पुल निर्माण समेतको कार्य गरेको उदाहरणहरु प्रष्ट गरेको थिए ।

वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रममा रौतहट क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति राम भरोस यादव, हरी देव यादव, बिद्यार्थी नेता मनोज जयसवाल, राजाबाबु साह, राजेश यादब, बाल्मीकी राय लगायत वडा अध्यक्ष तथा बिभिन्न नेताहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सय भन्दा बढिले बिभिन्न पार्टि प्रत्याग गरि काग्रेसमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here