रौतहट, २३ असोज ।
एक सच्चा हृदयका व्यक्ति रौतहट उधोग वाणिज्य संघका सहयोगी कर्मचारी प्रेम किशोर झाको निधन भएको छ ।
मृगी अर्थात क्षारेरोगबाट पिडित रहेका गौर नगरपालिका वडा नं.२ महादेवपट्टी निवासी ४० बर्षिया मिश्रलाई गएराति एकाशि रोगले प्रकोप जमाए पछि हृदयघात भई मृत्यु भएको उनका परिवारीक श्रोतले जनाएको छ ।
समान्य पदमा रहेको मिश्र सबैमा प्रख्यात तथा सबैसंग मिल्ने व्यक्ति भएकाले निजलाई सबैले समान्य बोलचालमा मेयर साहेब समेत भनि बोलाउने गरेका थिए । बाणिज्य संघका सहयोगी मिश्रको निधन प्रति जिल्लाका चर्चित व्यक्तिहरुले आफ्ना फेसबुक बालमा हार्दिक श्रद्धाज्जली अर्पण गर्ने क्रमजारी राखेको छ ।

स्वर्गीय मिश्रका २ छोरा रहेको छन् । स्वर्गीय मिश्रको निधन प्रति हामी र हाम्रो रेडखबर परिवारको तर्फबाट पनि गहिरो संवेदना प्रक्ट गर्दै शोकाकुल परिवार प्रति शान्तिका लागि कामना समेत गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here