ओम प्रकाश यादव ।
रौतहट, २३ असोज ।
पत्रकार संजय मिश्राको पहलमा एकजना ठग द्धारा ठगीएको १ लाख ५० हजार रुपैया पिडितलाई फिर्ता गराईएको छ । पत्रकार मिश्राको बिषेश पहल र जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको निर्देशनमा कटहरिया ५ का पिडित रामबाबु महरा चमारलाई एकलाख ५० हजार रुपैया फिर्ता गराईएको हो ।
रौतहट स्थित गढीमाई नगरपालिका अन्तरगत बयिारपुर नट टोलका जैनुल मिया नटका श्रीमती ४५ बर्षिया जैतुन खातुनले दुईछोरी मात्र रहेको ५५ बर्षिय चमारलाई जडीबुटीको उपचार र पाँच प्रकारको बली दिएर मन्त्र तन्त्र बाट छोरा हुने प्रलोभनमा पारेर लाखौंरुपैया ठगेकी थिईन ।
पछिलो चारमहिना देखी महराको श्रीमती समेतलाई प्रभावमा पारेर आफुलाई जडीबुटीको जानकार र जादुटोना जानेको बताउने महिला जैतुन खातुनले पटक पटक गरी लाखौंरुपैया लिएर गएकी थिईन ।
छोरा हुने संगै करोडौंको सम्पती समेत देवताको आशिर्वादले घरमा आउने बताए पछी अती बिपन्न दलित रामबाबु महराले आफनो घरेडी समेत बन्धकी राखेर पटक पटकमा उक्त रकम जैतुनलाई दिएको बताए ।
महराका साथै ज्यालादारीमा चितवन तर्फ काम गर्नगएका कटहरिया ४ का चन्देश्वर साहको श्रीमती रामसती देवीलाई पनी खातुनले हजारौं रुपैया ठगी गरेकी थिईन ।
आर्थिक बिपन्नता अन्त्य हुने दैविशक्ती बाट ठुलो धनराशी घमा भित्रिने जैतुन खातुनले
प्रलोभन दिएपछी सतीदेवीले छोरीको मंगलसुत्र र पायल सुनारको पसलमा बन्धकी राखेर ३५ हजार रुपैया दिएको बताएकी छिन ।पछिलो पटक खातुनले रामबाबु महरा चमारलाई तिम्रो काम बन्नै लागेको छ अझ ५० हजार रुपैया लिएर गरुडा बजारमा आउ भनेपछी महरा झस्कीएर पत्रकार मिश्रा संग आफनो पिडा बताएका थिए ।पत्रकार संजय मिश्रा र एसपी भुपेन्द्र खत्री संग टेलीफोन मार्फत घटना बारे कुरो हुँदा ईलाका प्रहरी कार्यालय गरुडा बाट सादापोशाकमा गएको प्रहरीले ठग्गीको धन्दामा पल्की सकेकी आफनो नाम जैतुन खातुन बताउने महिलालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको भोलीपल्ट समस्या बारे कुरो गर्नजाँदा ईलाका प्रहरी कार्यालय गरुडाका मुद्धाफाँटमा कार्यरत एकजना हवलदारले उल्टो उल्टो नकारात्मक कुरोगरी पिडितलाई थप पिडा दिने प्रयास गरेका थिए ।तर पत्रकार मिश्राको आग्रहमा एसपी खत्रीको निर्देशनमा प्रहरीले गरेको अनुसंधानमा जैतुनले अपराध कबुल गरेकी थिईन ।
लगतै उनका श्रीमान जैनुल मिँया र उनकै गाँउका केही अगुवाको पहलमा रामबाबु रामलाई एकलाख २५ हजार र अर्का पिडित चन्देश्वर साहका श्रीमती रामसती देवीलाई २५ हजार गरी कुल एकलाख ५० हजार रुपैया फिता गरेको कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले बताएका छन ।
जैतुन खातुन संगै रौतहटको गढीमाई नगरपालिका अन्तरगत बरियारपुर स्थित नट टोलका अधिकांश महिला आफनो घर टाढा टाढा बताई ग्रामिण भेगका दलित तथा बिपिन्न परिवारका महिला पुरुषलाई बिभिन्न प्रभावमा पारेर लामोसमय देखी ठग्दैआएको वडा अध्यक्ष गुप्ताले जानकारी दिएका छन ।
ठगीलाई नै ब्यवशाय बनाएका उनीहरुलाई केही दलका स्थानिय नेता तथा केही जनप्रतिनिधीको संरक्षण रहेको कारण उनीहरु कानुनी कार्यवाहीबाट जोगिदै आएको पिडितहरुले गुनासो गरेका छन ।
पत्रकार मिश्र कटहरीया एफएमका सम्पादक तथा रातोपाटी डटकमका रौतहट संवादाता रहेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here