रौतहट, २३ असोज ।
प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको सामग्री तथा मानिसलाई आज भंसार कार्यालय गौरमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत क्राइम इन्भेष्टिगेसन टोली, ईलाका प्रहरी कार्यालय, कोपवा पिपरिया र राजपुरबाट खटि गएको संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बौधीमाई नगरपालिका वडा नं.५ कोपवाबाट उतm परिमाणको तस्कर सहित तीन लाख पचास हजार वरावरको समाग्री प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकलमा २ वटा बोरामा कपडाहरु लोड गरी लुकाई छिपाई भन्सार छली चोरी निकासी गरी भारतबट नेपाल तर्फ भित्र्याउँदै गरेको अवस्थामा बौधीमाई नगरपालिका वडा नं.५ बस्ने वर्ष २४ को सुरेश यादव, वडा नं.६ बस्ने वर्ष २० को संदिप यादव र वडा नं.५ बस्ने वर्ष ३५ को मोतिम हासमी समेतलाई नियन्त्रणमा लिई पक्राउ गरीएको जिप्रका रौतहटले जनाएको छ । ३ लाख ५० हजार बराबर समान र मोटरसाईकल सहित बरामद गरिएको हो । पक्राउ परेका मानिसहरु मध्ये मोतिम हासमी पहिला पनि भन्सार छली तस्करीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि आज विहीवार गौर भन्सार कार्यालयमा बुझाईएको छ । गत सोमवार २ वजेका दिन पक्राउ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here