आरके श्रीवास्तव ।
ओमान,१० अक्टोबर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च ओमानले दशैं विशेष कार्यक्रम आयोजन गर्ने भएको छ । ११ अक्टोबर २०१९ शुक्रबारका दिन राजधानी मस्कटको होटल अलमाहा गोब्रामा भव्य कार्यक्रम हुने भएको छ । नेपालीहरुको पर्व दशैं, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बढाउन बृहत सांस्कृतिक कार्यक्रम २०१९ आयोजन गर्न लागिएको प्रवासी नेपाली एकता मञ्च ओमानले जनाएको हो । दशैं विशेष कार्यक्रमको लागी सम्पूर्ण तयारी पुरा भएको मञ्च का कार्यदल सदस्य सोम श्रेष्ठले बताए । कार्यक्रममा सहभागी हुन राष्ट्रिय कलाकारहरू वरिष्ठ जनवादी गायक जेबी टुहुरे र चर्चित लोक दोहरी गायिका तुलसी घर्तीमगर ओमान आईपुग्नु भएको छ । त्यस्तै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती पनि हुने जनाईएको छ । यस अवसरमा सगरमाथा आरोही ओमानी नागरिक नादिरा अल हार्थीलाई आयोजक संस्थाले विशेष सम्मान गर्ने तयारी गरेको आएनयुएफ ओमानका कार्यदल सदस्य उमेश बिकले जानकारी गराए । पर्यटन वर्ष २०२० लाई ओमानमा संस्थागत रुपमा उदघाटन तथा प्रचार प्रसार सोही कार्यक्रमबाट गरिने जनाईएको छ । चर्चित लोक दोहरी गायिका तुलसी घर्तीमगर संगको दोहोरी घम्साघम्सी हेर्न सम्पूर्ण ओमानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन प्रवासी नेपाली एकता मञ्च ओमानका कार्यदल सदस्य महेश न्यौपानेले आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here