रौतहट, २२ असोज ।
राजपा नेपालका अध्यक्ष मण्डली सदस्य, रौतहट क्षेत्र नं. १ का सांसद एवम पुर्वमन्त्री अनिल कुमार झाले रौतहटमा निर्माण हुने विषेश आर्थिक क्षेत्र निर्माणको बाधक स्थानियबासी रहेको आरोप लगाएका छन् ।
आफु् उद्योग मन्त्री हुदाका बेला परिकल्पना गरिएको सेड अर्थात विषेश आर्थिक क्षेत्र निर्माणका लागि रौतहटको झुनखुनवामा डिपिआर गर्न आएका केन्द्रिय टोलीहरुलाई लखेटी भगाएको प्रति दुख व्यक्त गर्दै विकासका बाधक स्थानियबासीहरु नै रहेको उनको भनाई रहेको छ ।
विषेश आर्थिक क्षेत्र निर्माणले रौतहटका हजारौ युवायुवतीहरुले जागिर पाउनुका साथै सयौं कम्पनीहरु एकैठाउमा निर्माण हुनु र निर्माणका लागि लिइने जग्गाका धनीहरुलाई कठठाका ४ लाखका हिसाबले मुअबजा उपलब्ध हुने हुदा सबैले यस कार्यमा सहयोग गर्नु पर्ने आवश्यकता रहेको उनले आग्रह गरेको छन् ।
जिल्ला विकसीत गराउनु आफनो मुख्य उदेश्य रहेको र यसका लागि आफु लगातार लागि परेको उनले बताए ।
आफनै निवास मत्सरीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वमन्त्री झाले एक अर्को प्रसंगमा आफुले गर्ने काम गर्दै जादा राम्रो हुने र विपक्षीहरुको कुरामा नलाग्नु प्रदेश नं. २ का सरकारलाई आग्रह समेत गरेका छन् ।
शुभकामना मतब्य राख्दैं कार्यक्रमका विशिष्ट अतिथि भौतिक योजना तथा पुर्वाधार विकास राज्यमन्त्री डाक्टर डिम्पल झाले आफु सदैव क्षेत्रका जनताहरुको समस्यामा हात बटाउने प्रतिबदता व्यक्त गरेका थिए ।


कार्यक्रममा प्रदेश सरकारका राज्यमन्त्री योगेन्द्र राय यादव, विधायक बाबुलाल साह, मेयर सन्तलाल चौधरी, धर्मेन्द्र पटेल लगायत हजारौंको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here