रौतहट, २२ असोज ।
प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले नेकपाका प्रदेश नं.२ का अध्यक्ष प्रभु साह माथि कटाक्ष गरेका छन् ।
विजयादशीका अवसरमा आयोजित विभिन्न ठाउको शुभकामना कार्यक्रममा नेकपा प्रदेश नं.२ का अध्यक्ष प्रभु साहले प्रदेश सरकार भष्ट रहेको राज्यकोषको भाडफाडमा व्यस्त रहेको टिप्पणी गरी रहेकै बेला प्रदेश सरकारका राज्यमन्त्री यादवले साह माथि कटाक्ष शब्द प्रहार गरेका हुन् ।
माननीय अनिल कुमार झा तथा माननीय डा.डिम्पल झाद्धारा आयोजित शुभकामना कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दैं राज्यमन्त्री यादवले नेकपाका सांसद तथा प्रदेशका अध्यक्ष प्रभु साहले एउटै योजना माथि तिन तिन ठाउबाट भुक्तानी लिने गरेको, आफनै पार्टीको नेतासंग मेल नभई अरुमाथि आरोप लगाएको, आफुले पाएको सांसदीय कोषको रकमबाट गरिने विकासको कुनै योजना सार्वजनिक नगरेको, विमान खरिद प्रकरणमा किन बोलेको, देशको सबैधानिक निकायको पदमा बसेका व्यक्तिले चेलीबेटीलाई बलात्कार गरेको प्रशंगमा कहिले किन नबोलेको प्रश्न संचारकर्मीमार्फत गर्दै आफै यतिका कुराको घेरामा रहेका व्यक्ति अरु माथि के औला ठड्याउने भन्दै “चलनी हसे सुपलीके जेकरा अपने बहतरगो छेद” कटाक्ष गरेका छन् ।
आक्रोशित मुद्रामा देखिएका राज्यमन्त्री यादवले यतिमात्र नभई बलात्कारीहरुको लिस्टमा रहेको शेरचन राई, देवेन्द्र पौडेल जस्ता अनैकौं प्रश्नको घेरामा रहेको पार्टीका नेताले अरुमाथि टिप्पणी नगर्न सुझाव समेत दिएका छन् ।