रौतहट १९, असोज । रौतहटको राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आगलागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको छ  । आगलागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा बाख्राको जलेर नष्ट भएका छन् । राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिवार राति ९ बजे बिद्युत सर्ट भई आगलागी भएको थियो ।आगलागीबाट गाई भैसीसहित घरमा रहेको अन्नपात,लता कपडा र घर समेत पुर्णरुपमा जलेर ५ लाख बराबरको क्षती भएको प्रहरी नायव निरीक्षक सई दिपक गुुप्ताले बताए । ईलाका प्रहरी कार्यालय  राजपुर बाट सई गुुप्ताको नेतृत्वमा गएको टोली र स्थानियको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पीडित मुखिया विप्पन परिवारका रहेकाले एउटै घरमा पशुु चौपाया बाँध्नुु देखि सपरिवार बस्दै आएको प्रहरीले जनाएको छ ।हिन्दुुहरुको महानपर्व दशैं तिहारको समय घरमा भएको आगलागीका कारण विप्पन रामबिश्वास मुुखियाको परिवार बिच्चलीमा परेका छन् । उनीहरु अहिले छिमेकीको घरमा शरण लिन सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here