रौतहट, १६ आशिन ।
नेपाली काँग्रेस क्षेत्र नं.२ ले आयोजना गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १०० औं जना काँग्रेसमा प्रवेश गरेका छन् ।
रौतहटको बौद्धिमाई नगरपालिका अन्र्तगत पिपरियामा आयोजित शुभ कामना आदान प्रदान कार्यक्रम विभिन्न पार्टी समर्थित महिला तथा पुरूषहरू नेपाली काँग्रेसमा रौतहट क्षेत्र नं. २ का सांसद मोहमद आफताब आलमले अबिर तथा माला लगाई प्रवेश गराइएका छन् ।
कार्यक्रम विधायक प्रत्यासी रामचन्द्र गिरी, देवचन्द्र मिश्र, जोगि सहनी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष मोहमद नौशाद आलम, वडा अध्यक्ष गुदर राय यादव लगायत सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नवल किशोर साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।