असोज ६ । भारतको राजधानी न्यू दिल्लीमा नेपाल इंडिया युथ मिशन ले भिजीट नेपाल २०२० लाई सफल पार्न राजनितिक गैरराजनितिक र साधारण व्यक्तिहरू संग भेटघाट गर्ने कार्य तिब्र गतिमा बढाएको छ ।

नेपाल सरकारले घोषना गरेको वर्ष २०२० मा अत्यधिक मात्रामा पर्यटकहरू बोलाउने योजना रहेकोले नेपाल इन्डिया युथ मिशन ले भारत मा भारतिय पर्यटकलाई विशेष जोड दिएका छन । भारतबाट बढी भन्दा बढी नेपाल भित्रीए नेपाल भारतको सम्बन्धमा विशेष मजबुती मिल्ने विश्वास छ ।

हिजो राजधानी न्यू दिल्लीमा नेपाल इन्डिया युथ मिशनले Mrs queen india र Mrs universe Asia रहनु भएका भारतिय जनता पार्टीका दिल्ली राज्य कलचरल सांन्स्क्रीतिक सेलका महिला नेत्री अध्यक्ष रुबी यादव जि त्यस्तै चैरयमैन समेत रहनुभएको कनफिडिरेसन ओफ यंग लिडर हिमदरिश सुमन जि र confideration of indian univesity का अध्यक्ष डा। प्रिय रंजन त्रिवेदी जि संग विशेष भेटघाट गरेको छ ।

भेटघाट संअगै सबैलाई सम्मान स्वरुप खादा ओढाई नेपाली मायाको चिनोको रुपमा जानकी माताको चिन्नो प्रदान गरिएको छ । भटघाटको क्रममा नेपालबाट आउनु भएका रेड खबर अनलाइन खबरका सम्पादक पत्रकार जय प्रकास यादवले सबैलाई सम्मान गर्दै मायाको विशेष चिन्नो हस्तान्तरण गर्नुभएको छ ।

नेपाल इन्डिया युथ मिशनका अध्यक्ष मधुरेन्द्र जैसवालले आयोजन गरेको सो कार्यक्रममा महासचिव अजित कुमार,NSHH का उपाअध्यक्ष जोया अधिकारी, सेन्टर फर सोशल लर्निंग अध्यक्ष राजीव रनजनको सहभागिता रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here