म्याग्दी असोज ४, मंगला गाउँपालिका–२ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका–३ निवासी २६ वर्षीय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुल्ला बिजुलीको तारमा ठोकिँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।गम्भीर अवस्थाम रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको प्रनि सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । मृतक तामाङकाे शव पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ । मृतकको आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ ।पोष्टमार्टमपछि आफन्तलाई शव बुझाइने जनाइएको छ । मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत हुनुहुन्थ्यो । मंगला गाउँपालिका–२ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।दोलखा जिल्ला शैलुङ गाउँपालिका–३ निवासी २६ वर्षीय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुल्ला बिजुलीको तारमा ठोकिँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।गम्भीर अवस्थाम रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको प्रनि सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । मृतक तामाङकाे शव पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ । मृतकको आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ ।पोष्टमार्टमपछि आफन्तलाई शव बुझाइने जनाइएको छ । मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here