पर्सा, २३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेको छ। सोमबार दिउँसो वीरगञ्जको माईस्थान चोकको दही पसलमा बसेर सेवाग्राहीसँग नगद पाँच हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको होl पक्राउ परेका प्रहरी ज़वान तेलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडा लगी थप अनुसन्धान गरिने टोलीले जनाएको छ। थाहा खबर