वीरगञ्ज २३, भदौ । पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विरगञ्जको ब्रम्हचोकमा रहेको ओम होटल एन्ड पार्टी प्यालेसमा आइतबार साँझ विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका वीरगञ्ज महानगरपािलका–२१ बस्ने ३२ वर्षीय अजय दासको मृत्यु वीरगञ्ज प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते दासको नेसनल मेकिल कलेजमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। दासको शव नारायणी अस्पताल राखिएको छ।