काठमाडौं, २३ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ। आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । उनको सोमबार बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। क्यान्सर पीडित आचार्यका दुई छाेरा र एक छाेरी छन्। आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा र सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here