दाङ, भदौ २० । दङ्गीशरण गाउँपालिकामा नदीमा बगेर र कुवामा डुबेर २ जनाको मृत्यु भएको छ । वडा नम्बर ४ बैवाङस्थित बबई नदीले बगाएर मजदुरको मृत्यु भएको छ ।निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनार बबईले बगाएको हो । यनलाई शुक्रबार बबइले बगाएको प्रहरेीले जनाएको छ ।त्यही गाउँपालिकामा अर्को एक जनाको बुवामा डुबेर मृत्यु भएको छ । वडा नम्बर ६ मैरवका ४० वर्षीय कुलबहादुर खड्का कुवामा डुबेका हुन् । जनता समाचार