१८ भाद्र २०७६

बीरगंज भन्सार मुलगेट अगाडीबाट सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली गरेर नेपाल भित्र्याउन लागिएको चाँदिका गहना सहित एक जना युवकलाइ पक्राऊ गरको छ ।

भारतबाट नेपाल ल्याउदै गरेको अवास्थामा बीरगंज महानगरपालिका वडा १२ बसने १८ बर्षीय बिकाश सर्राफ पक्राऊ परेका छन , पक्राऊ परेका सर्राफ संग १३३२ ग्राम चाँदिका गहना बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर बहादुर खत्रीले बताएका छन l

सशस्त्र प्रहरी नायब उपरिक्षक खत्रीले भने वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सारको मुलगेट अगाडीबाट चेकजाँचको क्रममा सिमावर्ती भारतीय सहर रक्सौलबाट आउंदै गरेको ना १३ प ५५२४ नम्बरको मोटरसाईकलमा रहेका सर्राफको साथमा रहेको झोलाबाट चाँदिका गरगहना बरामद गरे पछि उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरिक्षक खत्रीले भनेका छन l

चाँदिको बजार मुल्य १ लाख ३ हजार ३ सय ६३ रुपैया रहेको सशस्त्र उनले बताएका छन ।

बरामद गरिएको चाँदि तथा सर्राफलाइ आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

महोत्तरी पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here