रौतहट, भदौ १७ ।
रौतहटको देवाही गोनाही नगरपालिकामा उज्यालोबाट अतिपिछडीयका डोम र मुसहर समुदायलाई नगर प्रमुख (मेयर )धर्मेन्द्र पटेलले सोलार वितरण गरेको छ ।
देवाही गोनाही नगरपालिकाका विभिन्न वाडमा रहेको डोम मुसरहर समुदायका करिव एक १० घर परिवारलाई अन्धयारोबाट उज्यालो बनाउने उदेश्यका साथ सोलार प्यानल वितरण गरिएको नगर प्रमुख पटेलले जानकारी गराएका छन ।
उर्जा मन्त्रालय अन्तर्गत रहेका बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोग तथा देवाही गोनाही नगरपालिकाको समन्वयनमा उक्त सोलार प्यानल वितरण गरिएको थियो ।
रातभरी चार वटा सीएफएल बत्ती बल्ने २० वाट क्षमता भएको सोलार प्यानल र बैटरी सेट वितरण गरिएको हो ।
वितरण कार्यक्रममा नगर प्रमुख पटेलले, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई धन्यावाद दिदै, अगामी दिनहरुमा पनि सहयोग हुने आशा रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here