भदौ १७, २०७६ काठमाडौं : सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका दुई नेता सिंगापुर जाँदैछन्। नेकपाका नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जान लागेका हुन्। उनीहरु आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। दुबै नेता प्रधानमन्त्रीसँगै फर्किने योजनाका साथ जान लागेका हुन्। प्रधानमन्त्रीले आफनो स्वास्थ्य अवस्था सामान्य रहेको बताइरहँदा उनीहरु सिंगापुर नै गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गत भदौ ५ गते स्वास्थ्य परीक्षणको फलोअपका लागि पुन सिंगापुर गएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ। सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ गएका हुन्।
थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here