काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपैयाँ र मोबाइलको रिजार्ज घुस लिएको दाबी गर्दै दुई प्रहरीलाई सजायको माग गरेको छ । आयोगले दुवैजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाका अनुसार सवारीसाधन परीक्षणका क्रममा बालुवा ढुवानी गर्ने टिप्परबाट दुई हजार रुपैयाँ घुस बापत लिएको दाबी सहित ट्राफिक पोष्ट बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँमाथि मुद्दा दायर भएको हो ।
अनुसन्धानका क्रममा बानियाँबाट दुई हजार ९ सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड र मानन्धरबाट घुसबापतको रूपैयाँसहित एक हजार २ सय रुपैयाँका रिजार्ज कार्ड फेला परेका थिए । समाचार गोरखापत्रमा छापिएको छ ।
जनता समाचार