दाङ , साउन २८ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाङमा एक शिक्षकलाइ १० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ मा रहेको माध्यमिक विद्यालय रझेनामा उच्च माविमा राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले पक्राउ गरेको हो ।

विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक विद्यार्थीबाट उक्त रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । रुकुम सिन्ने स्थायी घर भएका केसी अंग्रेजी शिक्षक हुन् । रुकुमकै एक विद्यार्थीसँग घोराहीको एक होटलमा बसेर पैसा लिइरहेको अवस्थामा अख्तियार टोलीले पक्राउ उनलाई गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here