दार्चुला । बाघको छालासहित सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । दुहुँ गाउँपालिका वडा नम्बर २ वस्ने २९ बर्षीय दिपक बडाल हुन् ।
शुक्रबार बेलुकी ६ बजे गाउँबाट दार्चुला सदरमुकाम खलंगा आउँदै गरेका उनलाई शंकाको आधारमा प्रहरी चौकी ब्रह्मदेवबाट खटिएको टोलीले चेकजाँचको क्रममा बाघको छाला फेला पारेको हो ।
वडालले बोकेको झोलामा चरी बाघको जस्तो देखिने ३९ ईन्च लम्बाइ र १० ईन्च चौडाइ भएको सुकेको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । वडाल सशस्त्र प्रहरी बल हेडक्वाटर नम्बर ५० गुल्म दार्चुलामा कार्यरत प्रहरी जवान हुन् ।
दुहुँ गाउँपालिका अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको क्षेत्रभित्र पर्ने भएकोले थप अनुसन्धानका लागि वडाललाई आइतबार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।