जनकपुरको यातायात व्यवस्था कार्यालयबाट मोटरसाईकल चालक अनुमति पत्र बनाएर फर्किदै गरेका २ जनाको ट्रकमा ठोक्किएर ज्यान गएको छ । बिहीबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकसँग मोटरसाइकल ठोक्किएर दुवैजनाको जनाको ज्यान गएको हाृ , ।

जनकपुरबाट लाईसेन्स बनाएर ना ५६ प १०४८ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठोक्किँएर सर्लाहीको बरहथवा नगरपालिका–७ का १९ वर्षीय विक्रमदास कथवनिया र २९ वर्षीय मनोजकुमार दासको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका विक्रमको नमुना अस्पताल हरिवनमा उपचारका क्रममा ज्यान गएको छ भने मनोजको थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटैमा ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here