पर्सा, साउन २० गते ।

पर्साबाट लागुऔषधसहित 1 भारतीय नागरिक पक्राउ परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडक खण्डबाट प्रहरीले सोमबार बिहान करिब ८ बजे प्रतिबन्धित लागुऔषध ३०० थान तयारी सहित एक भारतीयलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी शंकास्पद अवस्थामा पैदल नै हिँडिराखेको अवस्थामा प्रहरीलाई शंका लागि चेकजाँच गर्दा भारत बिहारथाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत ५ बस्ने बर्ष २० को महन्थ राम लागुऔषधसहित पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो ।

पक्राउ परेका अभियुक्तले आफूले लगाएको पैन्ट र भेष्टभित्र शरीरको खुट्टा र कम्बरमा टेपले बाँधेर माथिबाट कपडाले छोपी लुकाई–छिपाई नुर्फिन, फेनार्गन र डाइजेल्याब १००⁄१०० थान लिएर नेपालमा छिरिसकेको अवस्थामा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेलाई लागुऔषध मुद्दामा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here