रौतहट ४ साउन । लालबकैया नदि किनार छेउमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका रहेको लालबकैया नदि किनारमा डुबेर स्थानिय वडा नं.–५ टिकुलिया निबासी ८ बर्षिय पिंकी कुमारी साह र सोही स्थान निबासी ८ बर्षिया निरुता कुमारी साहको मृत्यु भएको हो ।
मृतक दुबैको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याईको छ । घर बाट ब्राखा चराउन गएका ती दुबै बालिकाले गर्मी छल्न जमेको पानीमा नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यस्तै छोराको उपचारको लागि रौतहट आउदै गर्दा बागमती नदिमा डुबेर सर्लाही बलरा नगरपालिका–११ निबासी चार बर्षिय अकुस पटेल बेपता भएका छन । उनको आमा कुनिता देबीले छोराको उपचारको लागि गौर आउने क्रममा दुर्गाभगबती गाउपालिका–५ बडहर्वा स्थित बाग्मती खोला पारी बडहरवा घाट स्थित खोलाको ढिस्कोमा आमाको खुट्टा चिप्लिदा बालक बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गएको असाढ २७ र २८ गतेको बर्षा र डुवानमा बालबालिका जोगिएका थिए त्यसपछि बालबालिकाहरु बाहिर खेल्न जाने क्रममा, सडक छेउको जमेको पानीमा नुहाउने क्रममा र खाल्डाखुल्डीको पानीमा नुहाउने क्रममा ८ जना बालबालिकाको मृत्यु भैसकेको प्रहरीको भनाई छ । यस संगैं रौतहटमा मृत्यु हुनेको संख्या १६ पुगेको छ भने दुइ जना बेपता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अभिभाबकबाट बालबालिकाहरुको हेरचाह हुन नसक्दा अनाहकमै डुबेर मृत्यु हुनेको संख्या बढेको छ । प्रहरी नायब उपरिक्षक नबिन कार्कीले बताउदैं बालबालिका प्रति अभिभाबक सचेत रहेमात्र क्षती नहुने प्रतिक्रिया दिनु भयो ।
Home मुख्य समाचार लालबकैया किनारमा डुबेर २ बालिकाको मृत्यु, रौतहटमा मृत्यु हुनेको संख्या १६ पुग्यो...