आरके श्रीवास्तव ।

ओमान,२१ असार ।
पाल्पाली परिवार ओमानकाे भेटघाट तथा पत्रकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । ५ जुलाई २०१९ शुक्रबार का दिन राजधानी मस्कट स्थित रेड टाेमैटाे रेस्टुरेन्ट,रूबि मा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली राजदूतावास मस्कट ओमान का श्रम सहचारी कृष्ण गाैलीले दिप प्रज्वलन गरि कार्यक्रमकाे शुभारम्भ गरेकि थिईन् । “पहाड कि रानी रानीमहल भएको ठाउँ पाल्पा लाई ओमानमा चिनाअाैं” भन्ने नाराका साथ १ जनवरी २०१९ का दिन स्थापना भएको पाल्पाली परिवार अाेमान अाज देखि अाैपचारिक रूपमा अाेमानमा संस्थालाई सुचारू गरेकाे हाे ।
पाल्पाली परिवार अाेमानका अध्यक्ष गणेश प्रसाद पाण्डे काे सभापतित्व र राजदूतावासका श्रम सहचारी कृष्ण गाैली काे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रम काे संचालन परिवारका प्रवत्ता हरि प्रसाद न्याैपाने र सचिव कमल पराजुलीले गर्नु भएको थियाे । कार्यक्रम काे विशिष्ट अतिथि का रूपमा गैरअावासीय नेपाली साेसल क्लब अाेमानका उपाध्यक्ष विकल झा रहनु भएको थियाे । यस अवसरमा अाेमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत , नेपाली समाज अाेमानका अध्यक्ष जीवन ढुङ्गाना , गुल्मी सेवा समाज अाेमानका अध्यक्ष दुर्गा प्रसाद ढकाल , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अाेमानका अध्यक्ष सुशील पुन बिरहि , नेपाली जनसम्पर्क समिति अाेमानका अध्यक्ष शालिकग्राम चापागाईं , प्रवासी नेपाली मञ्च अाेमान का साेम श्रेष्ठ , नेपाली महिला समूह अाेमानकि गाेमा थापा सहित ६५ जना नेपालीहरू र अाेमानमा रहेका पत्रकारहरूकाे सहभागीता रहेकाे पाल्पाली परिवार अाेमानका सचिव कमल पराजुलीले जानकारी गराउनु भएको हाे । पाल्पाकाे प्रमुख पर्यटकिय क्षेत्र पहिचान गरेर पाल्पा लाई पर्यटककाे प्रमुख गन्तव्य बनाउने , अाेमानमा रहेका नेपाली दाजु भाई तथा दिदीबहिनीहरू एकजुट गराइ सुखदुःख मा हाथेमालाे गर्दै राजनीतिक वातावरण देखि टाढा रहेर निस्वार्थ भावनाले एक अर्कालाई सहयोग गर्ने , अाेमानमा रहेका नेपाली कामदारहरू काे हकहित का लागि निरन्तर सफल र सकदाे प्रयास गर्ने , पाल्पालि कला संस्कृति (रानी महल , करूवा , पाल्पाली ढाका) लाई विश्व सामू चिनाउने उदेश्य का साथ पाल्पाली परिवार अाेमान गठन भएको अध्यक्ष पाण्डेले बताउनु भएको हाे । कार्यक्रममा वत्ताहरूले शुभकामना मन्तव्य राखदै पाल्पाली परिवारलाई सकदाे सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अगामी दिनमा राम्रा कामहरू गर्नेछन् भने विश्वास व्यत्त गरेका थिए । कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिनु हुने सम्पूर्ण लाई पाल्पाली परिवारले धन्यवाद र अभार प्रकट गरेको छ । यस अघि नै ११ सदस्यीय गठन भएकाे पाल्पाली परिवार अाजदेखि अाैपचारिकता पाएकाे हाे । नयाँ कार्य समितिहरूकाे नामावली यसप्रकार रहेको छ ।
अध्यक्ष :- गणेश प्रसाद पाण्डे
उपाध्यक्ष :- नारायण खनाल
महासचिव :- यज्ञ पराजुली
सचिव :- कमल पराजुली
सह-सचिव :- संदिप भण्डारी
काेषाध्यक्ष:- शिव गैह्र
सह -काेषाध्यक्ष:- प्रकाश भट्टराई
महिला विभाग प्रमुख :- सावित्रा पाेखरेल(पाण्डे)
सदस्यहरू:-
देव बराल
शिव डुंग्रे
पदम काेईराला
सांस्कृतिक विभाग प्रमुख:- मीन बहादुर थापा
अाेम प्रकाश न्याैपाने
खेलकुद विभाग प्रमुख:- भेषराज भट्टराई
अनुशासन विभाग प्रमुख :- बाबुराम बस्याल
प्रमुख सल्लाहकारहरू:-
कृष्णप्रसाद भट्टराई
नेत्र भण्डारी
माधव अधिकारी
राजु अधिकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here