रौतहट, २१ असार ।
रौतहटको गढीमाई नगरपालिकामा शनिवारबाट न्यायिक समिति कार्यविधि सम्बन्धि अभिमुखिकर गोष्ठी सुरु भएको छ ।
न्यायीक समितिको कार्यविधि सम्बन्धि अभिमुखिकरण गोष्ठी कार्यक्रमका सभाका सभाअध्यक्ष एवम गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, न्यायिक समितिका प्रमुख एवम उपमेयर सुभद्रा गुप्ता, प्रमुख अतिथि माननिय जिल्ला न्यायधिश चक्रमणि अर्याल, वडा नं. १ देखि ९ का वडाअध्यक्षहरु तथा अभिमुखिकरण गोष्ठी आयोजक संस्थाइसीडीसी रौतहटका पदाधिकारी धमेन्द्र पासवान तथा मेलमिलाप संयोजकहरुको सहभागीता रहेको छ ।
यस सम्बन्धि अन्य कार्यक्रमहरु सहकार्य संस्थाले संचालन गरि आज अभिमुखिकरण माार्फत अन्तिम चरणको कार्यक्रम संचालन गरेको निमिति प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिनु भयो ।