रौतहट, १९ असार ।
रौतहट स्थित संसदिय निर्वाचन क्षेत्र ३ अन्तरगतका युवाहरुले भ्रस्टाचार बिरुद्ध विहीबार मोटरसाईकल रैली निकालेका छन ।

आर्थिक बर्षको अन्तिम महिना असार मसान्तमा बिभिन्न विकासमा देखिएको भ्रस्टाचारलाई न्युनिकरण गर्ने उदेश्य अनुरुप युवाहरुले सचेतना रैली निकालेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी निकट क्षेत्र ३ का युुवासंघको अगुवाईमा करीव मोटरसाईकल सहीत सैयौं युवाहरुले भ्रस्टाचार बिरुद्ध रैली तथा प्रदर्शन गरेका छन ।
कटहरिया स्थित नेकपाको क्षेत्रिय कार्यालय अगाडी बाट आज बिहिवार बिहान ११ बजे सुुरुभएको रयाली कटहरिया, गुजरा, फतुआ बिजयपुर, मौलापुर, देवाही गोनाहीका बिभिन्न वडा हुँदै गरुडा नगरपालिकाको शिवनगर महादेव स्थान अगाडी कोणसभामा परिणत भएको थियो ।
जनप्रतिनिधीको रुपमा जन्मेका केही जमिंदारहरु जनतालाई रैती र बजेटलाई आफनो पुस्तैनी सम्पती बुझेर बिभिन्न विकासमा भ्रस्टाचारी गरीरहेकाले त्यस्तालाई कालोमोसो दलेर जनता माझ नांगो बनाउने कोणसभाका वक्ताहरुले चेतावनी दिएका थिए ।
सैयौ युवा सहभागी रयालीले आज क्षेत्र ३ अन्तरगत गाँउ गाँउ पुगेर त्यस्ता भ्रस्ट जनप्रतिनिधी लाई सुध्रीने चेतावनी दिएका छौं अब पनी नसप्रेमा जनकार्यवाही गर्ने चेतावनी दिएका थिए ।
भ्रस्टाचारी बिरुद्ध जाग्न टोल टोलका युवालाई आव्हान गर्दै विकासको सब भन्दा ठुलो दुश्मन भ्रस्टाचार भएको उनीहरुले जिकिर गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद कुन्दन कुश्वाहाले गणतन्त्र र संघियता पछी गाँउमा गाँउ शिंहदरवार आउनु १० बर्षे जनयुद्धको उपलब्धी रहेको बताए ।
स्थानिय निकाय र कतिपय प्रदेश सांसद संघिय सांसदले एउटै कामको तिन तिनवटा बिल बनाएर भ्रस्टाचारको पराकाष्ठा देखाईरहेकाले त्यस्ता बिरुद्ध कार्यवाही गर्न युवाशक्ती पछी नपर्ने कुश्वाहाले चेतावनी दिए ।
स्थानिय निकायको प्रमुखमा नेपाली कांग्रेस जितेका राजपुर नगरपालिका लगायत जिल्लाका कैयौ स्थानिय तहमा अनावशयक कर लगाएर जनतालाई दुख दिने र ओली नेतृत्वको सरकार माथी दोष थुपार्ने गरेको प्रदेश सांसद कुश्वाहाले स्पस्ट पारेका थिए ।
क्षेत्र ३ बाट सुरुभएको भ्रस्टाचार बिरुद्धको युवा अभियान जिल्ला र प्रदेशमा पुगे पछी अभियानलाई कसैले रोक्न नसक्ने उनले दावी गरेका छन ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का सदस्य त्रिभुवन साह,वहिद अन्सारी,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,युवासंघका क्षेत्रिय संयोजक राकेश गिरी, योगेन्द्र साह लगायतले भ्रस्टाचार नरोकिए सम्म देशको विकास असम्भव रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here