रौतहट, १९ असार ।
नगरपालिकाबाट संचालनमा रहेका कुनै पनि योजनाहरुको भुक्तानी गर्नु अगाडी उक्त योजनाहरुको अनुगमन कार्य हुनु जरुरी रहेको गुणस्तरिय कार्य भएमा मात्र भुक्तानीको प्रक्रिया अगाडी बढाईने बृन्दावन नगरपालिकाका प्रमुखहरु बताएका छन ।
बृन्दावन नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को लागि संचालन गरेको योजनाहरुको भुक्तानी कार्य अगाडी बढाउनु पर्ने भए पछि अनुगमन शुरु गरेको छ ।
अनुगमन समितिका संयोजक तथा नगर उपमेयर नुरजहाँ खातुन, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव तथा समितिका सदस्यहरु र नगरपालिकाका प्राविधिक टोली तथा संचारकर्मीहरुको सहभागीता विहीबार विभिन्न स्थानमा संचालित तथा सम्पन्न आयोजनाहरुको अनुगमन कार्य गरिएको हो ।

Image may contain: 1 person, standing and outdoor


अनुगमनको क्रममा गुणस्तरीय तथा सम्पन्न भएको निर्माण कार्यको मात्र भुक्तानी हुने प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here