काठमाडौं, १९ असार ।
नेपाल प्रहरीले समायोजनमा जान तयार रहेको जनाएको छ ।
बिहीबार बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक खनालले आफूहरु समायोजनमा जान तयार भइसकेको बताए ।
अहिले नै २६ हजार प्रहरी प्रदेशमा काम गरिरहेको जनाउँदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनको आधार तयार भइसकेको बताएका हुन् ।
महानिरीक्षक खनालले जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरी मातहत रहने कि प्रदेश सरकार मातहत रहने विषय टुंगिन बाँकी रहेको उनले बताए ।
अहिले सरकारले नेपाल प्रहरी कर्मचारी समायोजन विधेयक ल्याएको छ । जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रमुख नेपाल प्रहरी मातहत रहने प्रावधान राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here