पोखरा ।
११ दिने चीनको भ्रमण गरेर पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु नेपाल फर्किएका छन् ।
महिला पर्यटन व्यवसायी मञ्च वोटेफको आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उनिहरु छिमेकी मुलुक चीन पुगेका थिए।
महिला पर्यटन व्यवसायी मञ्च वोटेफका अध्यक्ष जमुना पराजुलीले चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेको जानकारी दिइन् ।

उनले चीनका प्रमुख शहरहरुमै नेपालबारे थाहा नहुनु दुःखद भएको बताइन् ।
मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताइन् ।
हरेक क्षेत्रमा सक्रियरूपमा तल्लीन त्यहाँका नागरिकको मेहनतले पनि चीनलाई आर्थिकरूपमा सबल बनाउन सकेको उनको धारणा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here