रौतहट, १९ असार ।
गरुडा नगरपालिकाको अनुगमनटोलीले कामको मात्रा हेरि भुक्तानी कार्य गरिने बताएका छन् ।
गरुडा नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को लागि संचालन गरेको योजनाहरुको बिहीबार अनुगमन गरेको छ ।


अनुगमन समितिका संयोजर्क एवम उपमेयर रंगिला कुमारी जयसवालले कार्यादेश तथा सम्झौता लिदैंमा प्राप्त कार्यादेश अनुसारको नभई योजना संचालन स्थलमा सम्पन्न कार्यको अधारमा भुक्तानी दिने बताएकी छिन् । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थिले नगरपालिकाबाट गरिएको स्टीमेट एवम उल्लेख भएका सामग्रीहरुको प्रयोग भएको खण्डमामा मात्र भुक्तानी दिने बताए । प्रमुख पन्थीले स्टीमेट गरेका प्राविधिकले कार्य सम्पन्न भएको प्रमाणित गरे पनि आफुहरुले पनि अनुगमनटोली मार्फत अनुगमन गरि भुक्तानी प्रक्रियालाई अगाडी बढाई रहेको जानकारी गराए ।


असार २० गते सम्म सम्पन्न हुन नसक्ने योजनाहरुबारे बोल्दैं पन्थीले सरकारले निरर्धारण गरेको समयमा सिमामा काम नगर्ने उपभोक्ता समिति तथा अन्य निर्माणकर्तालाई सो को जवाफदेहीता आफै हुन समेत समेत गराएका छन् । विभिन्न योजनाहरुको अनुगमन कार्यमा प्राविधिकटोली तथा संचारकर्मीहरुको समेत सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here