रौतहट,१६ असार ।
रौतहट जिल्लाको राजदेवी नगरपालिकाको तेस्रो नगर सभाको खुल्ला सत्र सोमवार सम्पन्न भएको छ ।
कार्यालयको सभाकक्षमा राष्ट्रिय गानको सम्मान गर्दै संघीयता लोकतन्त्र गणतंत्रको लागि ज्यानको आहुति दिने बीर शहीद प्रति नमन गर्दै शुरू भएको नगर सभाको खुल्ला सत्रमा नगर प्रमुख धीरेन्द्र कुमार सिंहले आगामी आर्थिक बर्ष २०७६।०७७ को निति कार्यक्रम प्रस्तुत गरेका छन ।
खुल्ला सत्रमा आगामी आर्थिक वर्षको लागि ४३ करोड़ ५६ लाख १३ हजारको आय व्यय प्रस्तुत गरिएको छ । ” स्वच्छ सफा हरियाली सहितको विकसित नगरपालिका हाम्रो अभियान ” भन्ने मूल नाराको साथ मेयर सिंहले प्रस्तुत गरेका निति तथा कार्यक्रममा एक विधालय एक करेसाबारी स्थापना गर्ने नया अवधारणा ल्याइएको छ । विद्यालय बाहिर रहेका आर्थिक सामाजिक रूपले पछि परेका वाल बालिकाहरुलाई अनौपचारिक शिक्षा कार्यक्रम निरन्तरता दिदै विद्यालय भर्ना गराउने जोड़ दिएको छ ।
शैक्षिक गुणस्तर बृद्धिको लागि समय सापेक्ष शैक्षणिक क्रियाकलाप सञ्चालन गर्ने, खेलकूद विकासको लागि नगर खेलकूद विकास समिति गठन गर्ने , सार्वजानिक जग्गा संरक्षणको कार्यक्रमलाइ प्रभावकारी बनाउने निति लिइएको छ । निति तथा कार्यक्रममा संचार जगतलाइ साझेदारी अबधारणा अनुरूप सहयोग गर्ने, पत्रकारिता क्षेत्रको प्रवर्द्धन गर्न संचारमैत्री कार्यक्रम सञ्चालन गर्ने, पर्यटक स्थलको निर्माण गर्ने, धार्मिक स्थल, ताल, पोखरी, पार्क, खेलकूद मैदानको विकास गर्ने तर्फ योजना समावेश गरिएको छ । वड़ा कार्यालयहरुमा पुग्ने सड़कको स्तरनोति गर्ने, किसानहरुको लागि विशेष कार्यक्रम ल्याउने जोड़ दिएको छ ।
योजना तथा पूर्वाधार विकास तर्फमा सड़क तथा पुल निर्माण , सिचाई तथा नदी नियंत्रण, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपालनमा कृषि तथा पशु विमालाइ प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । व्यवस्थित बसोबास तथा भवन निर्माणमा भवन निर्माण सहिंताले निर्धारण गरेको मापदंड अपनाइने र सोही अनुसार सुविधा संपन्न बस्ती निर्माण शुरू गर्ने प्रक्रिया बढाइने निति लिइएको छ । संस्कृति तथा पर्यटन, शिक्षा, स्वास्थ्य युवा तथा खेलकूद, बन तथा बातावरण, महिला सशक्तिकरण तर्फमा बजेट विनियोजन गरिएको छ । बारुन यन्त्र, एम्बुलेंस खरीद गर्ने निति कार्यक्रममा उल्लेख गरिएको छ । सवै भन्दा बढ़ी कर तिरने करदातालाइ सम्मान गर्ने, एकल महिला, बेरोजगार महिला तथा अति पिछडिएका र विपन्न महिलाहरुको लागि रोजगार मूलक तालीमको व्यवस्था तर्फ विशेष रुपमा जोड़ दिइएको छ ।
बैठकमा निमित प्रमुख प्रसाशकीय अधिकृत संजय पाण्डेय लगायत नगर सभाका बहुमत सदस्यहरुको उपस्थति रहेको थियो ।
नगरसभा भन्ने नगर उपप्रमुख अंशु सिंहको सहभागिता रहेको थिएन ।