जलेश्वर,१६ असार ।
डिजे बाजा बजाउने क्रममा महोत्तरीको भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा विधुत चुहिएर विष्फोट हुँदा सोमबार एक जनाको मृत्यु भएको छ ।
सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा विधुत चुहिएर विष्फोट हुँदा पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
विवाहको विधि अनुसार दुलहालाई बस्ती घुमाउने क्रममा बिहान झिसमिसेपूर्व नै यो घटना भएको प्रहरीले जनाएको छ । विधुत चुहिएर रथबाट ढलेका पण्डितलाई तत्काल जनकपुर अञ्चल अस्पताल पु¥याइएको थियो ।
चिकित्सकले त्यहाँ पण्डितलाइ मृत घोषित गरेका थिए । घटनापश्चात डिजे बाजासहित विवाहमा आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्लामा २०६४ सालदेखि नै डिजेले ध्वनी प्रदूषणसँगै दुर्घटना बढाएको भन्दै यसको प्रयोगमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ । तर, डिजे प्रतिबन्धको प्रभावकारी अनुगमन र अनुशरण नगरिदा बर्सेनी यससँग जोडिएर दुःखद घटना हुँदै आएका छन् ।

फाईल फोटो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here