सर्लाही, ११ असार ।
सर्लाहीको हरिपुर नगरपालिकाले मंगलबारबाट आफनो चौथो नगरसभा जारी गरेको छ ।
हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुदिन मंसुरी तथा उप प्रमुख रेणु काफ्ले एवम कर्मचारीहरुको सहयोगले चौथो नगरसभाको पहिलो दिन मंगलबार नीति तथा कार्यक्रम स्वीकृत गरी आर्थिक तथा विनियोजन ऐन टेवुल गर्ने काम सफलता पुर्वक सम्पन्न भएको छ ।
आज बुधबार आर्थिक ऐनमा छलफल गरिएको छ भने १५ गते विनियोजन ऐेनमा छलफल गर्ने नगरसभाको कार्यसुची रहेको छ ।
असार २५ गते भित्र हरिपुर नगरपालिकाको आगामी आ.व.२०७६।०७७ को वजेट स्वीकृत हुने तथा असार ३१ गते वजेट निती तथा कार्यक्रम सार्वजनिक समारोह गरी वजेट निती तथा कार्यक्रम सार्वजनिकीकरण गरिने प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here