रौतहट, १० अषाढ ।रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको तेस्रो नगरसभाको उदघाटन शत्र सम्पन्न भएको छ ।

माधव नारायण नरपालिकाको मंगलबार भएको नगरसभाले आ.व २०७६\०७७ का लागि ४९ करोड ८८ लाख ४ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख बिरेन्द्र प्रसाद यादवले आर्थिक बर्ष २०७६\०७७ को लागी बजेट बिनियोजन प्रस्ताव प्रस्तुत गर्दै उद्घाटन शत्र सम्पन्न भएको छ । मेयर यादव पेश गर्नु भएको नीती तथा कार्यक्रम वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ ।
नगर प्रमुख यादवले चालु खर्चतर्फ ७ करोड १८ लाख ५० हजार, पूँजीगत तर्फ १४ करोड ३४ लाख विनीयोजित वजेट प्रस्तुत गर्नु भएको हो । अन्य अनुदान जम्मा गरी ४९ करोड ८८ लाख ४ हजार हुनेछ ।

हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत वजेटमा आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ती हुने पनि अनुमान गरिएको छ ।
नगर प्रमुख यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै माधव नारायण नगरपालिकालाई विकासको उत्कृष्ट कार्य गरी जिल्लाकै नमुना नगरको रुपमा बनाउने उदघोष गर्नुृ भयो ।
तेस्रो नगरसभाको उदघाटन गर्दै मेयर यादवले जनताको चाहना अनुकूल र नेपाल सरकारबाट प्राप्त अधिकारको सदुपयोग गरी विकास कार्यको मार्फत जनतालाई स्थानीय तहको मुल नारा आफनो गाउँ आफै बनाउ अनुभुती गराउनुु हामी सबै जनप्रतिनिधिहरुको पहिलो दाईत्व हो ।

कृषि क्षेत्रमा निर्धारित यो नगरपालिकामा किसानहरुको लागि सहज र सुल्भ विकास योजनाले आगामी दिनमा सिंचाईको लागि बिधुतिय मोटर, बोरिङ्ग र खेत खेतमा पोल पुर्याउने लक्ष्य रहेको बताए । गरिवी, बेरोजगार हटाउन स्थानिय तहले भुमिका खेल्नुु पर्नेमा नगर प्रमुख यादवले जोड दिएको छ भने संघीय सरकार र प्रदेश सरकारको बजेट स्थानिय तहको लागि एक प्रकारको दाईभाईको सम्बन्ध जस्तो रहेकोले यसआई अन्यथा रुपमा नलिई नगरको सम्पूर्ण सदस्यहरुलार्ई सुझाव दिएका छन । स्मार्ट नगरपालिका बनाउन नगरका बासी पनी स्मार्ट सोँच बनाउनुु पर्ने भएकाले परम्परागत सोँच भन्दा माथी उठनुुपर्ने मेयर यादवले आग्रह गरेका छन ।

पर्यटन प्रर्वद्धनमा जोड दिदै यादवले नगरमा धार्मिक, सांस्कृतिक स्थानको संरक्षण, सम्वद्र्धन सहित प्रोत्साहन गर्नु भएको छ ।
फुटपाथ र फोहरको उचित व्यवस्थापनलाई पनि प्राथमिकतामा राखीएको छ । सौहार्दपूर्ण रुपमा सञ्चालित सभामा वडा अध्यक्ष तथा सदस्यले राख्नु भएको जिज्ञाशालाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत प्रवल कायस्थले सम्वोधन गर्नु भएको थियो । सभामा आएका आवश्यक सल्लाह सुझावलाई ग्रहण गर्दै वजेट कार्यान्वयनको प्रभावकारितामा जोड दिइने मेयर यादवले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here