असार १० रौतहट
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा मंगलबार सम्पन्न भएको छ
देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेल ले मैन बती जलाई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
देवाही गोनाही नगरपालिकाको तेस्रो नगरसभा नगर अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा मा सन्चालन भएको थियो ।
देवाही गोनाही नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को लागि ४२ करोडको बजेट प्रस्तुतगरेको छ ।नगरपालिकामा भइरहेको आपसी विवादलाई अन्त्य गरि बिकाशको कार्यमा सबैलाई एक जुट भएर अगाडी बढ्नको लागि नगर प्रमुख धर्मेन्द्र पटेलले सब्वाई जनता देखि लिएर कर्मचारी संग आग्रह समेत गरेको थियो ।
आर्थिक बर्ष २०७५ मा बिकाशको कार्यमा भएको कमीलाई यस बर्ष समावेश गरि त्यस्ता बिकाशको कार्यलाई बढी प्राथमिकता दिएर अगाडी बढाउने प्रस्ताव समेत नीति तथा कार्यक्रममा पेश गरेको थियो ।