अखिलेश कुमार यादव
असार १० रौतहट ।
रौतहटमा मंगलबार दिउँसो प्रहरी र थुनुवा चढेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् ।

थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१झ ५३८९ नम्बरको भ्यान चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो । लागुऔषध मुद्दाका थुनुवा चन्द्रपुर–६ का २० वर्षीय निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनरवा ९ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरी र साहलाई उपचारका क्रममा वीरगञ्ज पठाउँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा जिल्ला अदालत गौरमा म्याद थप गर्न लगिएका चन्द्रपुर नगरपालिका–३ का १८ वर्षीय टेकबहादुर थिङ र चन्द्रपुर नगरपालिका–८ का ३९ वर्षीय कुमार गेलाल घाइते भएका छन् ।

यस्तै, प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँ, प्रहरी हवल्दारद्वय उमेश यादव र विनोद मण्डल, प्रहरी जवानहरु सन्जीव कार्की, अजयकुमार यादव र हरिकिशोर चौधरी पनि सो दुर्घटनामा घाइते भएका छन् । गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here