अखिलेश कुमार यादव ।
रौतहट असार १० ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको तेश्रो गाउँसभा आज सम्पन्न भएको छ ।
अर्थ मन्त्रालयको पत्रचार अनुसार असार १० गते भित्र गाउँ सभा सम्पन्न न हुदा अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ को बजेट रोक्का गर्ने पत्रचार गरे पछि अर्थ मन्त्रालयको निर्देशन अनुसार हतारमा भए पनि रौतहटको यमुनामाइ गाउँपालिकाले पनि आफ्नो तेश्रो गाउँसभा बिकाशको नयाँ पैकेज ल्याएर गाउँ सम्पन्न गरेको छ।
यमुनामाईले आर्थिक बर्ष २०७६/०७७ को लागि २५ करोड ५४ लाख ३१ हजार बजेट बिनियोजन गरेको छ। आर्थिक बर्ष २०७६/०७७ को बिकाशको नयाँ पैकेजमा गत बर्ष बिकाशको कार्यमा देखिएको कमीलाई पुरा गर्ने उदेश्यको साथै आज गाउँ सभा सम्पन्न सम्पन्न गरेको यमुनामाई गाउँपालिकाको वार्ड न १ को अध्यक्ष एवं प्रवक्ता नन्दलाल यादवले जानकारी गराएको छ।
बिकाशको नयाँ पैकेजमा यमुनामाइ गाउँपालिकामा एसईई परिक्षामा बढी नम्बर ल्याएर पास हुने एक एक जना छात्रा,छात्रलाइ १ लाख रुपैया गाउँपालिकाले विद्यार्थीको हौसला बढाउनको लागि र प्रोत्साहन गर्नको लागि दिने निर्णय गरेको यमुनामाइ गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखीयाले नीति तथा कार्यक्रम पेश गर्दा उल्लेख गरेको छ।
यमुनामाई गाउँपालिकामा आर्थिक बर्ष २०७६/०७७ मा ५४ वटा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य समेत राखेको नीति तथा कार्यक्रम पेश गर्ने समय समावेश गरेर गाउँपालिकामा कुनै किसिमको विवाद सिर्जना न गरि सबैलाई बिकाशको कार्यमा साथ् दिदै अगाडी बढेर यमुनामाइ गाउँपालिकालाइ हरियो नै हरियो भएको गाउँपालिका बनाउन सबै जनता संग आग्रह समेत गरेको थियो ।