रौतहट असार १० । रौतहटको मौलापुर नगरपालिकाको नगरसभा मंगलबार भब्य रुपमा समपन्न भएको छ।

नगरपालिकाका प्रशासकिय अधिकृत सिकेन्द्र साहद्धारा आर्थिक बर्ष २०७६।०७७ को लागी ३ करोड,६८लाख ५७ हजारको बजेट बिनियोजन प्रस्ताव प्रस्तुत गर्दै उदघाटन सत्र सम्पन्न भएको हो ।

प्रस्तावित बजेटमा आर्थिक विकास तर्फ निशुल्क बिउ,निशुल्क पानी,अब हाई खेतीमे मनग्य आम्दानी भने नारा सहीत प्रत्येक किशानलाई नगरपालिका द्धारा बिउ र पानी उपलब्ध गराईनेछ । त्यसका लागी ५०लाख रुपैया बिनियोजन गरीएको छ । समृद्धीको आस तिन बालीको प्रयास,पशुु पंछि तथा मत्सय,सहकारी,पर्यटन तथा संस्कृती,उधोग बाणिज्य तथा बितिय बजेटमा बिषेश जोड दिईएको छ ।

सामाजिक विकास तर्फ शिक्षा तथा खेलकुद,प्रत्येक हातमा शिप,स्वाश्थ्य, खानेपानी तथा सरसफाई अन्तरगत एक घर एक चर्पि,शवच्छ सहर हाम्रो नगर,मौलापुर नगर हरीत शहर बनाउनमा बिषेश जोड दिईएको छ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण,पुर्वाधार विकास तर्फ सडक तथा पुल,सडक सञ्जालको विस्तार,समग्र नगर विकासको आधार सिचाई तर्फ हर खेतमा सिचाई,भवन तथा शहरी विकास,संचार,उर्जा,बाताबरण संरक्षण,संस्थागत विकास तथा शेवा प्रवाह,बितिय बयवस्थापन र सुशासन लाई बजेटमा समावेस गरीएको छ ।

उदघाटन समाराहका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष सांसद प्रभु साहले अबको दिनमा संबिधान र विकास मार्फत जनता लाई अनुभुती गराउनुु स्थानिय तहको पहिलो दाईत्व रहेको बताए । समाजको असमानतालाई विकास मार्फत संबाधन गरीनुु पर्ने,बजेटमा उत्पादनको स्तर बढाई गरीबी बोजगारी हटाउन स्थानिय तहले भुमिका खेल्नुुपर्नेमा सांसद साहले जोड दिए ।संघ र प्रदेशको बजेट स्थानिय तहको पुरक बजेट रहेकाले यसआई प्रतिस्प्रधी नबुझन उनले जनप्रतिनिधी लाई सुझाव दिएका छन।

स्मार्ट नगरपालिका बनाउन नगरका बासी पनी स्मार्ट सोँच बनाउनुु पर्ने भएकाले परम्परागत सोँच भन्दा माथी उठनुुपर्ने संघिय सांसद प्रभुु साहले आग्रह गरेका छन । प्रदेश सांसद कुुन्दन कुश्वाहा,नगरप्रमुख रिना कुमारी साह,नेकपा प्रदेश कमिटि सदस्य त्रिभुवन साह,नेकपाका जिल्ला अध्यक्ष कमल यादव लगायतकाले जिल्लामै सबै क्षेत्रमा पिछडिएका मौलापुर नगरपालिका लाई विकासको माध्यम बाट सबै स्थानिय तह भन्दा अगाडी ल्याउनु पर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here